समाचार

२३ किलो चरेसहित एक जना पक्राउ



काठमाडौँ, ४ बैशाख । बर्दियाको सीमा इलाकाबाट २३ किलो चरेसहित एकजना युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आज बिहान बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुनलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।