समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, ४ बैशाख । रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेमा लु.३ प ९२८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज बिहान मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ९ फिट तल खसेर दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २९ वर्षीय रमेश रानाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।