राजनीति

एकीकृत समाजवादीलाई बागमती सरकारको २ प्रस्ताव



मकवानपुर, ५ वैशाख । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ ।

सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।

मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् ।