समाचार

भक्तपुर नागरिक समाजको कार्यक्रममा खाइजुको पुस्तक सार्वजनिक



भक्तपुर ५ वैशाख। भक्तपुरका श्रीराम खाइजूको वेपता अवधिको संस्मरण समेटिएको पुस्तक यमलोकको यात्रा आइतबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । पुस्तकको समाजसेवी डा इन्दुल केसी, संविधान सभा सदस्य खिमलाल देवकोटा, बागमति प्रदेश सासद देवेन्द्र श्रेष्ठ, भक्तपुर नागरिक समाजका संयोजक डा जीवन घिमिरे र लेखक खाइजू स्वयमले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
पुस्तक एक सय ४८ पृष्ठको छ । पुस्तकको प्रकाशन नन् स्टप मिडियाले गरेको छ । पुस्तकको मूल्य व्यक्तिगत दुई सय ५० र संस्थागत पाँंच सय तोकिएको छ । पुस्तक विभिन्न उपशीर्षकहरुमा खण्डखण्डमा लेखिएको छ ।
पुस्तक विमोचन, नयाँं वर्षको शुभकामना आदानप्रदान तथा साहित्य वाचनका साथ भएको कार्यक्रमको आयोजना भक्तपुर नागरिक समाजले गरेको थियो । कार्यक्रमको क्रममा विभिन्न साहित्यकारहरुले कविता वाचन गरेका थिए । साथै गीत पनि गाएर मनोरञ्जन दिलाएको थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार उपेन्द्र केसीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव सञ्जीव शुभचिन्तक, आयोजक भक्तपुर नागरिक समाजका सचिव रामकृष्ण देउजालगायतले शुभकामना मन्तव्य राखेका थिए ।