समाचार

आजको राशिफल



काठमाडौँ, ६ बैशाख । आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल ।  

मेष : हरेक क्षेत्रमा समस्या देखिने दिन छ। घर व्यवहारमा संकट पर्नसक्छ। आर्थिक क्षेत्र विवादित हुने जोखिम छ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

वृष : यात्रामा खर्च बढ्नेछ। आफन्तसँग रमाइलो भेट हुने दिन छ। धेरै मानिस तपाईंसँग प्रभावित हुनेछन्। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : यात्रा फलदायी बन्नेछ। धार्मिक क्षेत्रमा विश्वास बढ्नेछ। स्वदेशमै लगानीको अवसर सिर्जना हुनेछ। आजको दिन ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ।

कर्कट : तपाईंको प्रगति हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आमाबुवाको आज्ञा लिएर अगाडि बढ्नुभयो भने काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : चञ्चले स्वभावको फाइदा अरुले लिनसक्ने जोखिम छ। काम गर्दा सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : परिवारको साथ र सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनसक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : मेहनतको फल प्राप्त हुनेछ। लगानीका क्षेत्रबाट सन्तोष मिल्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शुभकार्यमा सहभागी हुने दिन छ। ठुलो काममा हात नलगाए पनि नियमित काममा अवरोध हुनेछैन। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : मन शान्त नहुनसक्छ। यात्रामा जोखिम देखिन्छ। सधै सहयोग गर्ने साथीको साथ नमिल्ने दिन बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेमिकासँगको सम्बन्ध रमाइलो हुनेछ।

मकर : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा उत्साह बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवारमा खटपट हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कुम्भ : सफल यात्राको योग छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। साथीले शंकाको दृष्टिले हेर्ने छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। लाभ हानी बराबर देखिएकाले काम गर्दा विवेक प्रयोग गर्नु राम्रो हुन्छ।

मीन : धन कमाउनका निम्ति नयाँ स्रोत भेटिनेछन्। आम्दानी भन्दा खर्च बढी हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। नाम, दाम र सम्मान प्राप्त हुने योग छ।