राजनीति

कोशीमा संकल्प प्रस्तावमाथिको छलफल भोलिबाट सुरु गर्ने



विराटनगर, ६ वैशाख । कोशी प्रदेशसभाको बैठकमा आज नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पेस हुँदैछ । आजको बैठकमा प्रस्ताव पेस भए पनि छलफल भने भोलिबाट सुरु गर्ने तयारी छ ।

मुख्यमन्त्री केदार कार्कीका २ छोरा साकेत र शाब्दिकको व्रतबन्ध आज भएका कारण प्रतिपक्षी दल संकल्प प्रस्तावमाथि छलफल एक दिन सारेका हुन् । नेकपा एमाले प्रमुख सचेतक तथा संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारीले आजको बैठकमा प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन मात्रै गर्ने बताए । छलफल भने भोलिको बैठकमा हुने उनले बताए ।