समाचार

मनकामना केबलकार भोली बन्द हुने



नारायणगढ, ६ बैसाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।