समाचार

भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १९ वैशाख । मेची राजमार्ग इलामको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज बिहान झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राईको मृत्यु भएको हो।

सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।