समाचार

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु



सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार  शुक्रबार बिहान दोलखाबाट पिस्कर जाँदै गरेको  बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको छ । हाल मृतकको पहिचान नभइसकेको प्रहरीले जनाएको छ । घाइतेलाई खाडीचौर बजारमा रहेको सिन्धु सदाबहार अस्पतालमा उपचार्थ ल्याउने काम भइरहेको उनले जनाए ।

दोलखाबाट तौथली हुँदै त्रिपुरासुन्दरी गापा- ४ पिस्करमा बेहुली लिन हिँडेको जन्ती बसमा ५५ जना सवार थिए । आहिले स्थानीय र सुरक्षाकर्मी मिलेर उद्धार कार्य भइरहेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।