समाचार

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु



धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन् । पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

ठक्कर दिएर भागेको मोटरसाइकल विदेह नगरपालिकाको वडा नं ६ स्थित झाडीजस्तो ठाउँमा राति ११ बजे फेला परेको उनले बताए । डिएसपी अवाका अनुसार प्रदेश ०२-००७ प २९४३ नम्बरको ठक्कर दिने उक्त मोटरसाइकल विदेह नगरपालिका ६ का ३० वर्षीय रोहित मण्डलले चलाइरहेको र उनी फरार भएका छन् ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।