अर्थ

७५३ आरोहीले लिए अनुमति



काठमाडौँ, ९ वैशाख । २४ वटा हिमाल आरोहणका लागि ७५३ आरोहीहले अनुमति लिएका छन् ।

पुरुष ५६३ र महिला १५३ गरी ७१६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । उनीहरूबाट ५२ करोड ४२ लाख १३ हजार ५५९ रुपैयाँ राजस्व संकलन भएको छ । 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ३२६ आरोहीले अनुमति लिएका छन् । विभागका अनुसार उनीहरूबाट ४६ करोड ७५ लाख २७ हजार ९८७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ल्होत्से हिमाल आरोहण गर्न ६५ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट एक करोड ५५ लाख ७८ हजार ७१२ रुपैयाँ राजस्व संकलन भएको छ ।

मकालु–१ हिमाल आरोहण गर्न ४५ जनाले अनुमति लिएका छन् । एक करोड सात लाख ७४ हजार ८०० रुपैयाँ राजस्व संकलन भएको छ । जुगल–३ र थोराङ पिक आरोहणको लागि एक/एक अरोहीले अनुमति लिएका छन् । क्रमशः ३३ हजार ७५ र ३३ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ ।


यस्तै, खाङ्ग्री सर, थाङकाङपोच, मलानपुलान र मनास्लु हिमाल आरोहणका लागि दुई/दुईजनाले अनुमति लिएका छन् । उनीहरूबाट क्रमशः एक लाख ६ हजार ४८०, ६६ हजार ६००, एक लाख ६ हजार ४०० रुपैयाँ र २० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

पुमरी र काङबाचेन हिमाल आरोहण गर्न दुई/दुईजनाले अनुमति लिएका छन् । उनीहरूबाट क्रमशः एक लाख ९९ हजार ९०० र दुई लाख ३९ हजार ७६० रुपैयाँ राजस्व संकलन भएको छ । टेङकोमा र जुगल ५ हिमाल आरोहणका लागि चार/चारजनाले अनुमति लिएका छन् । उनीहरूबाट एक लाख ३३ हजार २०० र एक लाख ३३ हजार १५० रुपैयाँ जम्मा भएको छ । पुथा हिउचुलीका आरोहणका लागि सातजनाले अनुमति लिँदा चार लाख ६५ हजार ९१५ रुपैयाँ राजस्व संकलन भएको छ ।

जुगल–१ र जुगल–२ आरोहण गर्ने २२ आरोहीबाट एक लाख ६ हजार ५६० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, लिङट्रेन हिमाल आरोहण गर्न ११ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट पाँच लाख ८४ हजार ६० रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, बरुन त्से हिमाल आरोणका लागि १२ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट सात लाख ९८ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको छ । नुत्से हिमाल आरोहणका लागि २४ आरोहीबाट १९ लाख १८ हजार ८० रुपैयाँ राजस्व संकलन भइसकेको छ । 

आमा डब्लम हिमाल आरोहणको लागि ८० जनाले अनुमति लिएका छन् । उनीहरूबाट ४२ लाख ५७ हजार ४२० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, हिमलङ हिमाल आरोहणको १६ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट १० लाख ६२ हजार ४२० रुपैयाँ राजस्व संकलन भएको छ ।

अन्नपूर्ण–१ हिमाल आरोहण गर्न २५ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट ५९ लाख ६१ हजार ७८० रुपैयाँ राजस्व संकलन भएको छ । धौालागिरी–१ आरोहणका लागि २८ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ६६ लाख ९१ हजार २३० रुपैयाँ राजस्व संकलन भएको छ । कन्चनजंघा आरोहणका लागि ३१ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट ७४ लाख १४ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ ।