समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, ९ वैशाख । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–१०, त्रिनेत्र पेट्रोल पम्पनजिक शनिबार ना २१ प ४१५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकछेउको डिभाइडरमा ठोक्किएको थियो । 

मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका–७ बस्ने २२ वर्षीय देवनारायण चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।