अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ९ बैशाख । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ३९ हजार ३ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।