समाचार

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते



काठमाडौँ, ११ वैशाख । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार  एकै परिवारका चारजना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो । 

दुर्घटनामा परेका अन्य चारजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।