समाचार

होटेलमा महिला र पुरूष मृत फेला



जनकपुरधाम, ११ वैशाख । जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको  छ ।

धनुषाका प्रहरीका अनुसार आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए । दुवैजनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । पुरूषको चार र महिलाको १ सन्तान छन् ।