समाचार

चर्को आवाजमा डीजे बजाउने २ जना पक्राउ



काठमाडौँ, १२ वैशाख । बाराको सदरमुकाम कलैया स्थित गए राति चर्को आवाजमा डिजे बजाउने दुई जनासहित साउण्ड सिस्टमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा प्रहरीका अनुसार कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका  १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका  १ का ५० वर्षीय जयराम सिंह रहेका छन् । चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले पटक पटक त्यस्तो नगर्न गरेको सूचनाको बेवास्ता गर्दा उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ ।