अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२ वैशाख । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।