अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ वैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३५ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँमा बढ़ेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।