समाचार

वीरगन्जमा एक पुरूष मृत फेला



काठमाडौँ, १२ वैशाख । पर्साको वीरगन्जमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार मंगलबार वीरगन्ज महानगरपालिका–१४ स्थित जन स्वास्थ्य कार्यालय नजिक नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।