राजनीति

एमाले निर्णायक तहमा पुगेपछि देश बन्छ : अध्यक्ष ओली



काठमाडौँ, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्णायक तहमा पुगेपछि देश बन्ने बताएका छन् । 

आज इलाममा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले देश बनाउन मिसन ०८४ पर्खिरहेको बताए । 

उनभने, “यो देश बनाउन मिसन ०८४ भनेका छौँ । निर्णायक शक्ति बनाउन, समीकरण सधैँ  गठबन्धनबाट चल्दैन ।  एमाले निर्णायक तहमा पुगेपछि देश बन्छ ।”

ओलीले कांग्रेसका उमेदवार डम्बर खड्काप्रसित इंगित गर्दै ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउन सक्छ भन्दै प्रश्न गरे । “मदन भण्डारीको ठेकेदार को हो तपाईंलाई थाहा होला, ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ? पैसा लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ?, ” ओलीले प्रश्न गरे । 

उनले आफूहरू सरकारमा भएकाले यसपटक विद्यालयहरूमा समयमै पाठ्यपुस्तक पुगेको बताए । एमालेले सबै भाषा, जाति र आस्थाको सम्मान गर्ने बताए । उनले भने, “अहिले समयमै स्कुलमा किताब पुग्यो । हामी सरकारमा छौँ त किन पुस्तक पुग्दैन ?,” ।

एमालेले सबैलाई अवसर दिने उनको दाबी छ । “नेकपा (एमाले) समानता र सबैलाई अवसर दिन्छ । जो भेट्यो त्यसको कानमा अलगअलग भिडाइदिने काम एमाले गर्दैन, सबै भाषा जाति र आस्थाको विकास हुनुपर्छ भन्छ,” ओलीले भने ।