अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १३ वैशाख । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।