अर्थ

नेप्से परिसूचक झिनो अंकले घट्यो 



काठमाडौँ, १३ वैशाख । आज सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ । 

३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढेको छ । बाँकी आठ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।