राजनीति

कांग्रेस उम्मेदवार खड्काद्वारा मतदान



काठमाडौँ, १५ वैशाख । इलाम–२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।  एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले पनि यसअघि नै आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।