समाचार

ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु



सुर्खेत, १८ वैशाख । रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु भएको छ ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरीको घटनास्थलमै मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका-४, सिम्रुतु भन्ने स्थानमा आज बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७, निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ ।