समाचार

पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला



काठमाडौँ, २३ वैशाख ।  कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित हपर्न खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ ।

मालेपाटन बस्ने १५ वर्षीय सोनम सुवेदीको शव गोताखोरले निकालेको हो । सँगै पौडी खेल्न गएकाहरूले खबर गरेपछि नम्बर–२४ कालिका गणबाट परिचालित गोताखोरले शव निकालेको हो ।