राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ ।

आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए ।

गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ । सहकारीमा देखिएको समग्र संकटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा प्रधानमन्त्री छन् । यस विषयमा पनि रास्वपा बैठकमा छलफल हुने बताइएको छ ।