राजनीति

सभामुखसहित शीर्ष नेताको बैठकमा जुटेन सहमति



काठमाडौँ, २५ वैशाख । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । 

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍याएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो । 

बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताए । यद्यपि उनले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताए ।  

त्यस्तै बैठकमा रास्वपाले सहकारीको विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै अभियोग नभएकाले गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्ने बताएको थियो ।