राजनीति

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने



काठमाडौँ, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

पार्टीले वैशाख भोलि (बिहीबार) दिउँसो २ बजेका लागि दलको बैठक बोलाएको हो । बैठक संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । 

संसद्को बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन दलको बैठक बोलाइएको हो । बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमिता प्रकरणमा संसदीय छानबिन बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।