अर्थ

हुन्डीको रकमसहित दुई जना पक्राउ



काठमाडौँ, २८ वैशाख । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ  । 

दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् । बुटवल घर भएका उनिहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।