समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २ जेठ । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी  कार्यालय रुपन्देहीका अनुसार देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । 

देवदह–१  बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको  हो ।