अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४० हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।