अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।