Banner News

सिरोहिया प्रकरणमा प्रधानमन्त्रीले भने बढ्ता होहल्ला गर्न जरुरी छैन



काठमाण्डौ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् ।

काठमाडौंमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउका विषयमा बढ्ता होहल्ला गर्न जरुरी नभएको उनको भनाइ छ ।

ुअदालतले प्रक्रिया अघि बढाउ भनेपछि अघि बढेको विषय हो । बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन,ु उनले भने,अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । उहाँ सजिलै छुट्नुहुन्छ ।ु

प्रधानमन्त्री प्रचण्डले सरकारले सिरोहियासँग रिसिइबी साधेको भन्ने कुरा गलत भएको बताए । ुउहाँसँग सरकारको के को रिसिइबी रु रिसिइबी साँधेको भन्ने कुरा गलत हो,ु उनले भने ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार साँझ प्रहरीले थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, धनुषाको जिम्मा लगाएको छ ।

यसअघि दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।