अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।