समाचार

तालमा डुबेर एक जनाको मृत्यु



काठमाडौँ, १० जेठ । सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

सल्यान प्रहरीका अनुसार आज बिहान शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवरको डुबेर मृत्यु भएको हो ।

बिहान कुपिन्डे बराह मन्दिरमा पूजा गरिरहेका बेला उनी एक्कासि तालमा हाम फालेकी थिइन् । त्यसपछि उनको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।