राजनीति

कार्यदलको बैठक बस्दै 



काठमाडौँ, ११ जेठ । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहीबार (हिजो) निष्कर्षविहीन भएको बैठक आज पुनः बस्ने भएको हो । 

बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।