समाचार

नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि



काठमाडौँ, ११ जेठ । कोरोना भाइरसको नेपालमा भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताए ।

तीन-तीन महिनामा कोरोनाको परीक्षण भइरहेको र त्यसै क्रममा बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो ।