समाचार

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत



काठमाडौँ, १४ जेठ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । 

२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन् ।