समाचार

७१औँ सगरमाथा दिवस



काठमाडौँ, १४ जेठ । आज मे २९ अर्थात् अन्तराष्ट्रिय  सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । 

नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ । 

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।  कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ ।