समाचार

सहकारीको माध्यमबाट महिलाहरू उद्यमशीलतातर्फ लानुपर्छः ओली



काठमाण्डौ,१६ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठूला केही सहकारी बदनाम र संकटग्रस्त हुन गएको वताए ।

काठमाडौंमा सुरु भएको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए ।
उनले सहकारीको माध्यमबाट भए पनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्ने गरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।