अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १७ जेठ । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ४० हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँ घटेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।