समाचार

बस दुर्घटना हुँदा ८ जना घाइते



काठमाडौँ, १७ जेठ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान काठमाडौँबाट म्याग्दी बेनी जाँदै गरेको बा ५ ख २८५ नं.को बस अन्नपुर्ण-१, लेवाडेमा दुर्घटना भएको थियो ।

१३ जना सवार उक्त बसका चालकसहित ८ जना घाइते भएको हो । घाइतेहरुको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको र एकजनाको म्याग्दी बेनीमा उपचार भइरहेको छ ।

बस सडकको दायाँ साइडतर्फ नालामा पल्टिएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।