Banner News

सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच छलफलमा



काठमाडौँ, १८ जेठ । कांग्रेस सभापति शेरबहादुरसहितका विपक्षी दलका नेतासँग छलफलमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले जानकारी दिए । 

भेटमा आइतबारबाट संसद्‌मा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको छ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरूको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ । 

सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी भएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको छ । छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भने, “समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।”