अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेर प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।