अर्थ

पाँच महिनामा ५ लाख बढी पर्यटक आगमन



काठमाडौँ, २० जेठ । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक आएका थिए । त्यसो हुनुमा नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेको संख्या अधिक थियो । मनसुनका बेला भने आगमन केही कम हुने गर्छ ।

मे २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७ सय ३ा पर्यटक नेपाल आएका थिए । २०२४ मा यो संख्या अझ बढेको छ ।