Uncategorized

कोटेश्वरमा आगलागी हुँदा दुई जना घाइते



काठमाडौँ, २३ जेठ । काठमाडौँको कोटेश्वरस्थित किराना गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

ग्रुप अन ट्रेडिङ्गमा आगलागी हुँदा सो गोदाममा काम गर्ने धनुषा घर भएका २३ वर्षीय विक्कर लामा र भक्तपुर घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन् ।

उनीहरूको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । किराना गोदाम दिलीपकुमार शाहले सञ्चालन गरेका हुन् । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।