समाचार

स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौँ, २४ जेठ । झापामा रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरमा बुधबार मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई मे७प ७२८३ नम्बरको स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।