समाचार

आजको मौसम



काठमाडौँ, २५ जेठ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 
 
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

मधेस प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना छ । त्यस्तै आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।