अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४१ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँ घटेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।