अर्थ

नेप्से परिसूचक ४.५९ अंकले घट्यो



काठमाडौँ, २७ जेठ । आज सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो ।

०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ ।

आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।